कावासोतीमा सामाजिक विकास कार्यालय उद्घाटन




असोज १४, कावासोती ।

 

नवलपुरको कावासोतीमा विहीबार सामाजिक विकास कार्यालय नवलपुरको उद्घाटन भएको छ ।

 




कार्यालयको गण्डकी प्रदेश सामाजीक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरेका हुन् ।

 

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश अन्र्तगतको पूर्वी नवलपरासीमा कार्यालय सदरमुकाम कावासोतीमा स्थापना गरिएको हो ।

 

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आवश्यक्ता र औचित्यको आधारमा मन्त्रालयले समानुपातिक रुपमा बजेट विनियोजन गर्ने बताए ।

 

उनले अन्य जिल्लाहरुमा जिल्ला शिक्षा इकाई समन्वयको कार्यालयहरुमा नै कार्यालय स्थापना गरिएको भए तापनि नवलपुर जिल्ला आफैमा कान्छो जिल्ला रहेको र सरकारी कार्यालयको भवन समेत नभएकोले नवलपुरबासीलाई सेवा, सुविधा प्रदान गर्न भाडामा लिई कार्यालय स्थापना गरिएको बताए ।

 

मन्त्री श्रेष्ठले कार्यालयका प्रमुख सहित अन्य कर्मचारीहरुलाई कुनै पनि नागरिकको गुनासो नआउने गरी कार्य सम्पादन गर्न समेत निर्देशन दिए ।

 

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले नवलपुर जिल्ला कान्छो जिल्ला हुनुको साथै भौगोलिक अवस्थाको आधारमा सामाजिक विकास मन्त्रालयले नवलपुरमा काम गर्नुपर्ने बताए ।

 

उनले मन्त्रालयको जिम्मेवारी सम्हाले पछि बजेट अभावमा कार्य गर्न नसक्ने भन्दै पन्छिन नमिल्ने र दातृ निकायसँग हातेमालो गरेर भए पनि आवश्यक्ता अनुसारको बजेट छुट्याउन आग्रह गरे ।

 



सम्बन्धित
Loading...