नेकपा (एकीकृत समाजवादी) नवलपुरको पार्टी कार्यालय उद्घाटन

नेतृत्वमा विचलन आएपछि विद्रोहः केन्द्रिय उपाध्यक्ष श्रेष्ठ


 



नवलपुर । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले केपी ओलीमा विचलन आएपछि पार्टी भित्र विद्रोह भएर नयाँ कम्युनिष्ट पार्टी पुनगठन गरेको बताएका छन् ।

 

सोमबार नेकपा (एकीकृत समाजवादी ) पार्टी नवलपुरको जिल्ला पार्टी कार्यालय उद्घाटन कार्यक्रममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

 




श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपि ओली आफू नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए पनि महाधिवेशनले पारित गरेका नीति विपरित चलेपछि विद्रोह गर्नु परेको बताए ।

 

नेकपा (एकीकृत समाजवादी) नवलपुरका अध्यक्ष सालिकराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले तत्काल कुनै पनि पार्टीसँग पार्टी एकता नहुने तर चुनावसम्म यही ५ दलिय गठबन्धन कायम रहने र साझा उमेद्वार बनाएर निर्वाचनमा जाने बताए ।

उनले भने – हामीलाई प्रचण्डसँग पार्टी एकता गर्न पार्टी विभाजन गरेको आरोप पनि लाग्ने गरेको छ तर, हामी जनताको पार्टी बनाउन पार्टी पुनगठन गरेका हौं । त्यसैले हाम्रो पार्टीलाई जनतामाझ लान्छौं र सबैभन्दा ठूलो पार्टी बनाउँछौं ।

 

 

त्यसैगरी उनले २/३ दिन भित्र मन्त्रालय भागवण्डाको कुरा मिलेपछि सरकारले पूर्णता पाउने पनि बताए ।

नेकपा (एकीकृत समाजवादी) नवलपुरको पार्टी कार्यालय उद्घाटनसँगै सोमबार उक्त पार्टीको तेस्रो जिल्ला वैठक पनि बसेको छ ।

 

https://www.youtube.com/watch?v=sMO45LYwwU4

 



सम्बन्धित
Loading...