१२ वर्ष पछि परेको सुख्खा मौसमको पानीका कारण ८८ जनाको मृत्यु(सूचि सहित)

१२ वर्ष पछि परेको सुख्खा मौसमको पानीका कारण ८८ जनाको मृत्यु भएको छ ।
मनसुन सकिएपछि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी बुधबार थप ७२ सहित जम्मा मृत्यु हुनेको संख्या ८८ पुगेको प्रहरीले जनाएको छ ।
निरन्तर परेको पानीले सुदूरपश्चिम हुँदै बुधबार पूर्वतर्फ सर्दा पूर्वी ठुलो धनजनमा क्षति पुगेको हो ।
मृत्यु हुनेको संख्या :
- पाँचथरमा २७
- इलाममा १३
- धनकुटामा ७
- उदयपुरमा २
- मोरङमा १
- बझाङ ६
- हुम्लामा ६
- डोटीमा ५
- कपिलवस्तु १
- प्यूठान १
- डडेलधुरा १
- बैतडी १
- कैलालीम १ जना
बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ । २८ जना बेपत्ता छन् । १२ घाइते छन् ।
३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन्। नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन् ।
५० घरमा पानी पसेको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ । ३ जना बेपत्ता छन् । इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ ।
खोलाको भेलले बगाएर थप एक र रूखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
बाढी र पहिरोबाट ४० जिल्ला बढी प्रभावित छन् । नेपाल प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार प्रदेश नम्बर १ मा ५३, बागमती प्रदेशमा १, सुदूरपश्चिममा २६ र कर्णालीमा ७ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुर्खेत, कैलाली र इटहरीलाई केन्द्र बनाएर सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार भइरहेको बताए।