सुनवल नगरपालिकाले आधारभुत कक्षहरुमा आफनै पाठयक्रम लागु गर्दै


 



 

गोपी ज्ञवाली –




नवलपरासी । पश्चिम नवलपरासीमा सुनवल नगरपालिकाले नगरपालिका भित्रका आधारभुत विद्यालयहरुमा आफनै पाठयक्रम लागु गर्ने भएको छ ।

 

सुनवल नगरपालिका कार्यालय शिक्षा शाखाले ‘हाम्रो सुनवल’ नामक पाठयक्रम तयार पारी सोहि पाठयक्रम अनुसार गत आर्थिक वर्ष देखी कक्षा ८ मा स्थानिय स्तरको पाठयक्रम संचालनमा ल्याईएको थियो भने यस वर्ष देखी कक्षा ८ भन्दा तलका कक्षाहरुमा संचालनको तयारी गरिएको सुनवल नगरपालिका शिक्षा शाखाका प्रमुख विष्नु प्रसाद गोतामेले बताउनु भयो ।

 

स्थानिय पाठयक्रम अनुसार गत वर्ष कक्षा ८ मा स्थानिय पाठयक्रम पढाई गराई अनिवार्य विषयको रुपमा परिक्षा समेत लिईएको थियो भने अबको आर्थिक वर्षमा कक्षा १ देखी ८ सम्म नै स्थानिय पाठयक्रम अनुसार हाम्रो सुनवलको विषयवस्तु तयार पारि पठन पाठनमा लगिने तयारी गरिएको शिक्षा शाखा प्रमुख गोतामेले बताउनु भयो ।

 

स्थानिय पाठयक्रममा स्थानिय स्तरमा हुने उत्पादन, सुनवलको स्थानिय स्तरको भाषा संस्कृति एवं ऐतिहासिक स्थलहरुको बारेमा अध्ययन अध्यापन गराईने, स्थानिय स्रोत साधनहरुको पहिचानका विषयमा जानकारी गराउने, स्थानिय स्तरका पर्यटकीय स्थालहरुको पहिचान एवं अध्ययन लगाएतको विषयमा अध्ययन गराईने ब्यावस्था मिलाईएको बताईएको छ ।

 

 

 

यसै गरि वर्तमान समयमा तिब्र रुपमा भई रहेको संचार माध्यमको विकास र यसले पार्ने सकारात्मक, नकारात्मक पक्षको जानकारी साथै विद्यार्थीहरुलाई आधुनिक संचारमध्यमहरुबाट बालबालिकामा पर्ने नकारात्मक असरबाट बचने उपाए लगाएतका सामाग्री तयार पारिएको सुनवल नगरपालिकाले जनाएको छ ।

 

स्थानिय स्तरको पाठयक्रम पहिलो वर्षका लागि परिक्षण कालको रुपमा रहेको छ भने आगामी वर्षहरुबाट आवश्यक केही सुधारका पक्षहरुको मिलान पछि नियमित पठनपाठनमा गरिने बताईएको छ । कक्षा ४ भन्दा तलका कक्षाहरुमा समय सान्दर्भिक भएका कारण सामान्य कमप्युटर शिक्षालाई समेत स्थानिय पाठयक्रममा राखीएको छ जबकि कक्षा ४ देखी माथीका कक्षाहरुमा राष्ट्रिय पाठयक्रममा नै कम्पयुटर शिक्षा राखेको छ ।

 

यसरी संचालनमा ल्याईएको स्थानिय पाठयक्रममा कक्षा ५ देखी तलका विद्यार्थीहरुलाई सैधान्तिक तर्फ ५० प्रतिशत र प्रयोगात्मक तर्फ ५० प्रतिशत नम्बर दिने गरि पाठयक्रम तय गरिएको छ ।

 

 

कक्षा ५ देखी कक्षा ८ सम्मका कक्षाहरुलाई स्थानिय पाठयक्रममा ७० प्रतिशत शैधान्तिक एवंं ३० प्रतिशत प्रयोगात्मक पाठयक्रम बनाई यसै आर्थिक वर्ष देखी पठनपाठनमा ल्याईएको बताईएको छ ।

 

 

सुनवल नगरपालिकाले अन्य पालिकाले भन्दा पहिला नै स्थानिय स्तरको पाठयक्रम निर्माण गरि लागु गरेको छ भने अन्य कतिपय स्थानिय तहहरुले पाठयक्रम समेत बनाउन भ्याएका छैनन ।

 

 



सम्बन्धित
Loading...