नवलपुरमा विद्यालयका प्रधानाध्यापक कांग्रेसका सभापति
कावासोती । पूर्वी नवलपरासी
जिल्लामा सामुदायिक विद्यालयका
प्रधानाध्यापक नै कांग्रेसको
सभापतिमा निर्वाचित भएका छन् ।
हालै सम्पन्न नेपाली कांग्रेस
नवलपरासी पूर्व प्रदेश सभा क्षेत्र
नं. २ (ख) र बुलिङटार
गाउँपालिका अध्यक्षमा विद्यालयका
प्रधानाध्यापक निर्वाचित भएका हुन्
।
जिल्लाको मध्यबिन्दु नगरपालिका १३ मा रहेको सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद तिवारी प्रदेश निर्वाचन क्षेत्र तर्फको क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।
उनले अहिलेसम्म पनि विद्यालयका
प्रधानाध्यापक पदबाट राजिनामा
दिएका छैनन् ।
शिक्षक सेवा ऐन अनुसार सरकारी
सेवामा रहेर कार्यरत कुनै पनि
शिक्षकलाई कुनै पनि राजनीतिक
संगठनको सदस्यता लिन नपाउने
कानुनी प्रावधान छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगनाथ खनालका अनुसार
प्रधानाध्यापक कृष्ण प्रसाद तिवारीले
हाल सम्म राजिनामा दिएका छैनन्
।
“उहाँले हामी सँग बिहिबार
सम्मको समय माग्नु भएको हाे”
उनले भने– “हामीले तपाई
राजनितिमा लाग्नुभयो अब शिक्षक
रहेन मिल्दैन भनेर राजिनामा दिन
भनेका छाैं ।” तिवारी यस अगाडी
पनि सोही क्षेत्रमा क्षेत्रीय सभापति
थिए ।
जिल्ला शिक्षा समन्वय ईकाइले यस अगाडी पनि विद्यालयका शिक्षकहरुलाई राजनितिक दलको सदस्यमा नरहन भन्दै सुचना नै प्रकाशन गरेको थियो ।
जिल्ला कै बुलिङटार गाउँपालिकाको सभापतिमा स्थानीय शिव माध्यामिक विद्यालय बुलिङटारका प्रधानाध्यापक ओमकुमार श्रेष्ठ निर्वाचित भएका छन्।
कांग्रेस पालिकाको सभापतिमा निर्वाचित भएपछि श्रेष्ठ नियमित रुपमा विद्यालय गईरहेका छन् ।
उनले विद्यालय व्यवस्थापन समितिमा राजिनामा पेश गरेको भएपनि बैकल्पीक शिक्षकको
व्यवस्था नहुँदा सम्मको लागि आफु
विद्यालय गईरहेको बताए ।
विद्यालयका शिक्षकहरु विभिन्न राजनितिक दलको जिम्मेवारीमा रहेको भन्ने विषयमा कार्यालयमा माैखिक जानकारी आएपनि लिखित उजुरी नपरेको जिल्ला शिक्षा
विकास तथा समन्वय इकाईका
प्रमुख कृष्णचन्द्र पोखरेलले बताए ।
शिक्षा सेवा ऐनले बञ्चीत गरेको
कार्य नगर्न कार्यालयले विभिन्न
समयमा स्थानीय तहका शिक्षा
शाखा सहित शिक्षकहरुको
ध्यानाकर्षण गराएको समेत उनले
बताए ।
कांग्रेसमा मात्रै हाेईन जिल्लाको अन्य मुख्य राजनौतिक दल एमाले र माओबादी केन्द्र समेत बिभिन्न कमिटिमा बसेर शिक्षकहरुले राजनिति गरिरहेको स्थानीयको आरोप छ ।
शिक्षकलाई राजनिति गर्नबाट रोक्न
सरोकारवालाले नसकेको स्थानीयको गुनासो छ ।

