सुन कछुवासहित चार जना पक्राउ


 



काठमाडौंको सोल्टी दोबाटोबाट संरक्षित सुन कछुवासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

 




महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १३ सोल्टी दोबाटोबाट चार जनालाई पक्राउ गरेको महागरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

 

सुन कछुवा बिक्री गरेको आरोपमा प्रहरीले तनहुँ भानु नगरपालिका घर भई काठमाडौं-२६ रानीबारी बस्ने ४२ वर्षीय हरि परियार, दोलखा गौरीशंकर गाउँपालिका-८ भई बुढानिलकण्ठ नगर-१ बस्ने ३३ वर्षीय राजुकुमार तामाङ, बालाजु बस्ने २२ वर्षीय प्रभास कार्की र ४४ वर्षीय सञ्जय तामाङलाई पक्राउ गरेको हो।

 

सुन कछुवाको बिक्री वितरण गर्न लागेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो।

 

 

सूचना पछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

 

प्रहरी आफैं ग्राहक बनेर उनीहरूलाई पक्राउ गरेको वृत्तले जनाएको छ। उनीहरूले ८० लाख रुपैयाँमा सुन कछुवा बिक्री गर्ने सहमति गरेका थिए।

 

 

उनीहरूबाट एउटा जीवित सुन कछुवा, पाँच वटा मोबाइल र ३६ हजार ६०५ रुपैयाँ नगद बरामद गरेको छ।

https://youtu.be/nBe3FnlQqgo



सम्बन्धित
Loading...