बस दुर्घटना : ५ जनाको मृत्यु, २७ जना घाइते


 

 



जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

 

 

नेपालगञ्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

 




 

दुर्घटनामा परी २ जना पुरुष, २ जना महिला र १ जना बालिकाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । यद्यपि मृतकहरुको सनाखत हुन भने बाँकी रहेको छ ।

 

 

जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

 

 

राती बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

 



सम्बन्धित
Loading...