नवलपुरमा फेरि बाघ आ’तंक, वन रक्षक भए बाघको सिकार
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा पुन नरभक्षी बाघको आतंक शुरु भएको छ ।
करिब दुई बर्ष अघि पनि नवलपुरमा बाघ आतंक छाएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार नवलपुरमा बाघको आक्रमणमा पनि पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ निवासी ६२ बर्षीय जितबहादुर विकको निधन भएको छ ।
बाघले उनको शरिरको अधिकांश भागमा चोट पुर्याएको जनाएको छ ।
विनयी त्रिवेणी सामुदायिक वनको वन रक्षक रहेको विक वन हेरालुको लागि जंगल गएको बेला बाघले आक्रमण गरेको हो ।
वन रक्षक जितबहादुर विक शनिबार साँझ ४ बजेदेखि वेपत्ता भएको खबर आएको र खोजीको क्रममा भोलिपल्ट अर्थात आइतबार विहान ८ बजे विनयी सामुदायिक वनको क्षेत्र भित्र पूर्वपश्चिम राजमार्गदेखि २ सय मिटर पर मृत अवस्थामा भेटिएको मल्लले बताए ।
उनको शव मध्यविन्दु जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आइतबार नै आफन्तको जिम्मा लगाइएको मल्लले जानकारी दिए ।
https://www.youtube.com/watch?v=4RZR5LNp5YY
