यि हुन ओलीले छानेका पदाधिकारी र केन्द्रिय सदस्यहरु


 



 

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएका अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी पनि छानेका छन्, जसलाई हलले पारित गरेको छ ।

 




ओलीले छानेको पदाधिकारीको टिमभित्र नेता भीम रावल र घनश्याम भुसाल अटाएका छैनन् । रावलले अध्यक्षमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीविधानविपरित व्यक्तिले कार्यसमितिको नाम वाचन गर्ने र हलबाट पारित गर्ने विधि लोकतान्त्रिक नभएको भन्दै रावलले असहमति जनाएका छन् ।

 

आइतबार मध्यरातमा सुरुमा ओलीले तीन सय एक केन्द्रीय सदस्यको नाम हलमा पढेर सुनाएका थिए । दोस्रो चरणमा पदाधिकारीको नाम हलमा पेस गरेका थिए । हलबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम बहुमतबाट अनुमोदन भएको छ । पदाधिकारीमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ छन् । पूर्वमाओवादीबाट पदाधिकारीमा तीन नेता समेटिएका छन् ।

 

ओलीले महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुव्वा गुरुङ र विष्णु रिमाललाई ल्याएका छन् । सात सदस्यीय सचिवमा टोपबहादुर रायमाझी,रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् । रायमाझी र भट्ट पूर्वमाओवादी समूहका नेता हुन् । ओलीले लेखा आयोगमा पुष्प कँडेल र अनुशासन आयोगमा केशव बडालको नाम सिफारिस गरेका थिए, जसलाई पनि हलले अनुमोदन गरेको छ ।

 

 

शनिबार बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारीसहित केन्द्रीय कमिटीको नाम सिफारिस गर्न अध्यक्ष ओलीलाई जिम्मा दिएको थियो । ओलीले प्रस्तावित गरेको नाम हलबाट अनुमोदन भएको छ । बन्दसत्रको हलमा अनुमोदन भएका तीन सय एक केन्द्रीय सदस्यमा एक सय ९४ जना पुरानै छन् भने बाँकी नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गरेका छन् ।

 

ओलीको सूचीमा रहेका पदाधिकारी र केन्द्रीय सदस्यहरू औपचारिक प्रक्रिया पूरा गर्न निर्वाचन प्रक्रियामा जानेछन् । उनीहरूले केन्द्रीय सदस्यका लागि सोमबार मनोनयन दर्ता गर्नेछन् । ओलीले पेस गरेको नाममा भीम रावल र घनश्याम भुसालले असन्तुष्टि जनाएका छन् ।

 

उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका घनश्याम भुसालले बन्दसत्रमा पेस भएको नाममा कैयौँ योग्य व्यक्ति छुटेको प्रतिक्रिया दिए ।

 

ओलीले केन्द्रीय सदस्यको नाम पढेर सुनाउँदा केही प्रतिनिधिले भने हुटिङ गरेर विरोध गरेका थिए । बन्दसत्रमा विरोधको स्वर उठेपछि ओलीले प्रस्तावित नाममा चित्त नबुझे निर्वाचनमा जान सकिने बताएका थिए ।

 

एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले तोकिएको संख्याभन्दा धेरै उम्मेदवारी परे ती पदमा निर्वाचन हुने बताए । तोकिएको संख्याअनुसार मात्रै उम्मेदवारी परेर निर्विरोध नभएका पदमा निर्वाचन हुनेछ ।

 

ओली नेतृत्वको अध्यक्षमण्डलमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, भीम रावल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा सदस्य छन् । पहिलो चरणको अध्यक्षमण्डलको बैठक सकेपछि ओलीले केन्द्रीय सदस्यको नाम हलमा पेश गरेका थिए ।

 

 

त्यसपछि उनले पुन अध्यक्ष मण्डलको बैठक बसालेका थिए । त्यहाँ भीम रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए । रावलले नमानेपछि ओलीले अन्य नेताहरू राखेर पदाधिकारीको सूचिलाई अन्तिमरुप दिएका थिए । त्यही नाम ओलीले राती साढे तीन बजे हलमा पेश गरेका थिए, जसलाई हलले अनुमोदन गरेको थियो ।

 

 

 

 

नयाँ सूचनाअनुसार सोमबार बिहान ८ देखि ९:२० सम्म उम्मेदवारको दरखास्त फारम वितरण, ८ देखि ९:३० सम्म उम्मेदवारको दरखास्त फारम दर्ता, १०:३० सम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, १०:३० देखि ११:४५ सम्म उम्मेदवारको विरोधमा उजुरी दिने, १०:५० सम्म उजुरीमाथि छानबिन र निर्णय, १०:३० सम्म उम्मेदवारको नामावली पुनः प्रकाशनको कार्यतालिका छ ।

 

 

यसैगरी, १०:३० देखि ११:३० सम्म उम्मेदवारको नाम फिर्ता र ११:४० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । साँझ ९ देखि राति ३ बजेसम्म मतदान राखिएको छ । त्यसपछि मतदान गरेर मतगणनादेखि निर्वाचन परिणाम घोषणासम्म र प्रमाणपत्र प्रदानदेखि शपथग्रहणसम्मका कार्यक्रम गर्ने सूचनामा छ ।

 

 

यी हुन् ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटीका तीन सय एक सदस्य

 

खुला :  केपी ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, योगेश भट्टराई, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, कर्णबहादुर थापा, काशिनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्नि खरेल, जीवन घिमिरे, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाई, गणेश पहाडी, गोकुल बाँस्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुयाँल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरिधारीलाल न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बूढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, शेरधन राई, परशुमेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, अच्युत मैनाली, पार्वत गुरुङ, देवेन्द्र दाहाल, श्रीप्रसाद जबेगु, राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, खड्ग खड्का, जेएन थपलिया, कृष्ण दाहाल, राजीव पहारी, कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, कुमार दसौदी, शिवराज सुवेदी, रोमनाथ ओली, सूर्य ढकाल, नवराज रावत, दल रावल, किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी, दयालबहादुर शाही, पठानसिंह बोहरा, सञ्जीव झा

 

 

खुला महिला :  बिन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, पद्मा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी ओली, विमला घिमिरे, शान्ता चौधरी, गौरीकुमारी ओली, निरुदेवी पाल, लीलाकुमारी भण्डारी, नवीना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, शकुन्तला बस्नेत, गीता अधिकारी, अम्बिका थापा, विनादेवी राई, मीना उप्रेती, तुलसा दाहाल, प्रतीक्षा तिवारी, बुधनीदेवी महतो, विन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिम्खडा, बालिका गिरी, सरिता न्यौपाने, भारती पाठक, टुका हमाल, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमादेवी आचार्य, शोभा ज्ञवाली, कोमल ओली, सिर्जना काफ्ले, दक्षिण शाही, कमला बोहरा, इन्दु कडेरिया, निरुदेवी दर्लामी, शान्ति ढकाल र दीपा शर्मा

 

जनजाति : अइन्द्रसुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्बाहाम्फे, टेकबहादुर बलमपाकी, कमलजंग राई, दावा लामा, लीलबहादुर थापा, गोकुल घर्तीमगर, दलबहादुर राना, हरि राजवंशी, जमिन्द्रमान घले, सिपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित, अजयक्रान्ति शाक्य, जगदीश कुसियत, रामलाल साह, कुन्दन कुसवाहा, गंगाप्रसाद यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो, प्रभु हजारा, पशुपतिदयाल मिश्र, राजकुमार गुप्ता, मोती दुगड, सुशील श्रीवास्तव

 

जनजाति महिला : उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, सावित्रा राना, तारा राई, ईश्वरी जिएम, तासीस्याङ्दो गुरुङसेनी, जुनेली श्रेष्ठ, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, शीला यादव, कमला महतो, सरिता गिरी, रीतादेवी साह

 

थारू : वैजनाथ चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना, बलवीर चौधरी  ।
महिला : गंगा चौधरी सत्गौवा, मञ्जु चौधरी, सरस्वती चौधरी

 

मुस्लिम : तैयव हुसेन, मोहम्मद हारुन हलुवाई, सिराजअहमद फारुकी, मोहम्मद समिर ।
महिला : साजिदा सिद्दिकी

 

दलित : रामदयाल मण्डल, ईश्वरी रिजाल, बमबहादुर विश्वकर्मा, पुरनसिंह दयाल, गोविन्द नेपाली, जितबहादुर दर्जी, जंगबहादुर नेपाली, रामप्रीत राम ।
महिला : शिवकुमारी गोतामे सार्की, रामरति राम, विष्णुमाया विश्वकर्मा, सविता रसाइली

 

पिछडिएको क्षेत्र : भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा, मोहन बानियाँ ।
महिला : बदमीकुमारी बोहरा

 

श्रमिक : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा ।
महिला : मञ्जुकुमारी थापामगर, सीता लामा

 

उपत्यका विशेष : माधव ढुंगेल र विना श्रेष्ठ
सम्पर्क समन्वय : नरेन्द्र श्रेष्ठ र कल्पना थापा

भूगोलतर्फ
प्रदेश १
तिलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, वसन्त नेम्वाङ, राजेन्द्र राई
महिला : मेनुका काफ्ले, मञ्जु भण्डारी, उषाकला राई
प्रदेश २
प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समिर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी, प्रभुहजारा पासवान
महिला : कल्पना कटुवाल, रेखा झा, ज्वाला साह
बागमती
कृष्णकुमार राई, कैलाश ढुंगेल, खेमप्रसाद लोहनी, रामेश्वर राना, आनन्दप्रसाद पोखरेल, सरेश नेपाल
महिला : रचना खड्का, पेम्बा लामा, पार्वती रावल

गण्डकी
मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भुपेन्द्र थापा, इन्द्रलाल सापकोटा, टुकराज सिग्देल
महिला : नरदेवी पुन, सीमा क्षेत्री, मीनाकुमारी गुरुङ

लुम्बिनी
लीला गिरी, खेममान खड्का, नवीन रोक्का, दिनेश पन्थी, भूमिश्वर ढकाल, हरि रिजाल
महिला : सरिता खनाल, सावित्रा अर्याल, मेनका पोखरेल

कर्णाली
धर्मराज रेग्मी, निरज आचार्य, गुलाबजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह, नागिन्द्र शाही (नेशनल)
महिला : तीर्था गौतम, मीना रखाल, मोहनमाया ढकाल

सुदूरपश्चिम 
राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपट बोहरा, नारदमुनि राना, लीलाधर भट्ट, अफिलाल उखेडा
महिला : कमला ओली, कमला बोहरा, सन्तु शर्मा



सम्बन्धित
Loading...