एमाले अध्यक्षमा केपी ओली र भीम राउवको उम्मेदवारी दर्ता


 



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

 




त्यसैगरी अध्यक्षमै भीम राउवले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

 

अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । एमाले अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

 

भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गरे

नेकपा (एमाले) को अध्यक्ष पदका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले पार्टीको आगामी नेतृत्वका लागि आफूले उम्मदेवारी दर्ता गराएको जानकारी दिए ।

 

रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट रहेका छन् । रावलनिकट नेताहरुका अनुसार रावलसहित सबै पदमा यो समूहबाट उम्मेदवारी दिइने छ ।

 

एमाले उपाध्यक्षमा घनश्याम भुसालले दिए उम्मेदवारी

 

नेकपा  (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । भुसालले आज बिहान उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा सूचीमा भीम रावल र भुसालको नाम थिएन ।

 



सम्बन्धित
Loading...