कावासोतीमा अटोको ठक्करबाट बाबुको ज्यान गयो, आमा छोरा घाइते


कावासोतीमा अटोको ठक्करबाट बाबुको ज्यान गयो, आमा छोरा घाइते-



नवलपुरकाे कावासाेतीमा गएराति भएकाे दुर्घटनामा परी एक जनाकाे निधन भएकाे छ ।

 

गएराति कावासोती ११ लौगाँई स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको लु १ ह १०३३ नं.को अटोले ३ जना पैदलयात्रीलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।

 




आइतबार राती ९ बजे अटोले पैदल हिडेका एकै घरका ३ जनालाई ठक्कर दिएको थियो ।

 

घाइते भएक एकै परिवार ३ जना मध्ये बाबुको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए।

 

दुर्घटनामा कावासोती ११ लौगाईका बर्ष ४९ का गोपाल चापागाईको मृत्यु भएको हो ।

 

घाइते हुने मृतक चापागाईकी श्रीमती बर्ष ४६ का राधा चापागाई र चापागाइ कै छोरा बर्ष २९ का पंकज चापागाई रहेको डिएसपी गिरीले बताए।

दुबै आमा छोरोको उपचार भरतपुरमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

अटो प्रहरी नियन्त्रणमा रहेको छ । चालक फरार रहेकोर उनको खोजी कार्य भइरहेको डिएसपी गिरीले बताए ।



सम्बन्धित
Loading...