साढे ६ लाखसहित ५ जना जुवाडे पक्राउ


 



साढे ६ लाख नगदसहित तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

 




महानगरीय प्रहरी प्रभाग कोटेश्वरले सोमबार अपराह्न ५ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिकैबाट तास खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो।

 

 

 

पाँच जनाबाट ६ लाख ५८ हजार ६३० रुपैयाँ बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

 

 

ईश्‍वर कार्कीको घरको तेस्रो तलामा तास खेलिरहेको भन्ने सूचनापछि प्रहरीको टोली खटिएको थियो।

 

 

पक्राउ पर्नेमा घर धनी ४४ वर्षीय कार्की, पेप्सीकोला बस्ने ४४ वर्षीय नवराज थपलिया, ४० वर्षीय दीपक तामाङ, ललितपुरको लुभु ३२ वर्षीय दीपक तिम्लसिना र कोटेश्‍वर बस्ने ३० वर्षीय सागर केसी छन्।

 

 

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 



सम्बन्धित
Loading...