५३ जिल्ला र १५५ निर्वाचन क्षेत्रमा सकियो कांग्रेसको अधिवेशन


 

 



नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत हालसम्म ५३ जिल्लामा जिल्ला अधिवेशन र १५५ सङ्घीय निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सकिएको छ ।

 




अब महाधिवेशन सुरु हुन ११ दिन मात्रै बाँकी रहँदा अधिकांश जिल्ला तथा क्षेत्रीय अधिवेशनमार्फत पार्टीमा नयाँ नेतृत्व चयन भएको हो ।

 

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले २४ जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रमध्ये १० क्षेत्रमा अधिवेशन हुने क्रम जारी छ ।

 

 

प्रदेश २ का आठवटा जिल्लाका साथै चितवन, नवलपुर, मकवानपुर, सिन्धुपाल्चोक रसुवालगायतका जिल्लामा निर्वाचन हुन बाँकी छ ।

 

यो समाचार गोरखापत्रमा छ।

 

नवलपुरमा मिले शशांक र पौडेल पक्षधर, जिल्ला अधिवेशनमा एकै ठाउँमा उभिने



सम्बन्धित
Loading...