एमाले अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी




सौराहा । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा भारी मत अन्तर प्राप्त गरी विजयी भएका छन् ।

 




चितवनमा भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेद्वार भीम रावललाई हराएर ओली विजय भएका हुन् ।

 

ओलीले १८०८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका अध्यक्षका प्रतिस्पर्धी रावलले २१३ मत प्राप्त गरे ।

ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।

एमालेको

एमाले निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार कुल २१५३ मतदातामध्ये २११४ मत खसेको छ ।

 

ओली दोस्रो पटक एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

यसअघि एमालेको नवौं‌ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा ओलीले अध्यक्ष पदका अर्का प्रत्यासी माधवकुमार नेपाललाई हराएका थिए ।

 

यस्तै एमालेको आठौं महाधिवेशनमा झलनाथ खनालसँग ओली पराजित भएका थिए ।

नवनिर्वाचित कार्यसमितिको सपथग्रहण र पहिलो बैठक सौराहामै हुने

नेकपा एमालेको दसौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहण र पहिलो बैठक बन्द सत्रस्थलमै हुने भएको छ।



सम्बन्धित
Loading...