पत्रकार बुचा मगरलाई मातृ शाेक / पत्रकार महासंघद्वारा दु:ख व्यक्त
परासी, १४ मंसिर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीका सहसचिव पत्रकार श्याम बुचा मगरलाई मातृ शाेक परेकाे छ ।
सुस्ता गाउँपालिका-५ शकरदिनही निवासी उहांकी ५८ वर्षीया आमा पुर्नीदेवी थापा मगरकाे मंगलबार बिहान घरमै निधन भएकाे हाे । उहां जण्डिक्सले पीडित हुनुहुन्थ्यो । स्वर्गीय थापा मगरकी ७ छाेरा, १ छाेरी र श्रीमान हुनुहुन्छ ।
यसैबीच सुस्ता सन्देश पत्रिका र अनलाईनमा कार्यरत पत्रकार थापा मगरकी ममतामयी आमाकाे निधन प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले विज्ञप्ति निकालेर दु:ख व्यक्त गरेकाे छ ।
महासंघका अध्यक्ष हरि शर्मा र सचिव राजकुमार रेश्मीद्वारा प्रकाशित विज्ञप्तिमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकुल परिवारजनमा गहिराे समवेदना प्रकट गरेकाे छ ।
