स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यावश्यक काम नपरी विदेश नजानू (विज्ञप्तिसहित)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गरेर यस्तो अपिल गरेका हुन् ।
नेपालमा ओमिक्रोन भेरियन्ट देखिइनसकेको विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाविरुद्धको खोप लगाउन पनि मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

