नवलपुर जेसीजको कावासोतीमा जेसीज सप्ताहा


 



नवलपुर । नवलपुर जेसीजको आयोजनामा कावासोतीमा जेसिज सप्ताह सुरु भएको छ ।

 




नवलपुर जेसीज बर्ष २०२१ ले मंसिर २१ गतेसम्म जारी रहने सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आज धार्मिक स्थल सरसफाई तथा डष्टविन वितरण गरिएको छ ।

 

 

कावासोतीको प्रसिद्ध धार्मिक क्षेत्र महाराजा मन्दिर र शिवालय मन्दिरमा सरसफाईका साथै डस्टविन वितरण गरिएको नवलपुर जेसीज वर्ष २०२१ का लोम डाईरेक्टर भुपराज पोख्रेलले जानकारी दिए ।

 

 

महाराजा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको डष्टविन वितरण कार्यक्रमको अध्यक्षता नवलपुर जेसीज बर्ष २०२१ का अध्यक्ष विष्णु कंडेलले गरेका थिए ।

 

 

सप्ताहब्यापी कार्यक्रम अन्तर्गत १६ गते कावासोती ३ को जनविकास बिद्याश्रममा शिक्षक एवं बिद्यार्थी लक्षित आँखा चेकजाँच शिविर, १७ गते अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कावासोती ८ मा रहेको मौलाकालिका अपाङ्ग पुनरुत्थान संस्थामा खाद्यान्न वितरण गरिने कार्यक्रम राखिएको छ ।

 

त्यसैगरी १८ गते मध्यविन्दु जिल्ला अस्पतालमा बिरामीका लागि फलफूल वितरण कार्यक्रम, १९ गते कावासोती ३ को जीवनज्योति माविमा विद्यार्थीका लागि रक्त समूह परीक्षण कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

 

त्यसैगरी २० गते कावासोती ९ मा रहेको कावासोती आधारभुत विद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण र मंसीर २१ गते जेसीज यात्रा र पूर्व अध्यक्षहरुसँगको साक्षात्कार कार्यक्रम सहित जेसीज सप्ताहको समापन हुने नवलपुर जेसीज वर्ष २०२१ का कार्यकारी उपाध्यक्ष एवं सप्ताहब्यापी कार्यक्रम मूल समितिका संयोजक राधिका भुसालले जानकारी दिए ।

 

जेसीजले पछिल्लो समय युवाहरुको सहभागितामा युवाहरुको सक्रियता मुलक सचेतना तथा सामाजिक कार्य गर्दै आइरहेको छ ।

 



सम्बन्धित
Loading...