गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा




नेपाली काँग्रेसको गण्डकी प्रदेश सभापतिमा रामचन्द्र पौडेल प्यानलबाट शुक्रराज शर्मालाई उठाइने भएको छ ।

 

वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार साँझ एक कार्यक्रममा शर्मालाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

 




सभापति शेरबहादुर देउवा प्यानलबाट पर्वतका नेता अर्जुनप्रसाद जोशीलाई एकल उम्मेदवारका रुपमा उठाइएको छ ।

 

पौडेल समूहमा आकांक्षी धेरै देखिएकाले घोषणा हुन सकेको थिएन ।

 

आफ्नै प्यानलमा धेरैजना आकाङ्क्षी देखिएपछि बुधबार पोखरा आएर वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला लगायतका केन्द्रीय नेताले बैठक डाकेर सहमतिको प्रयास गरेका थिए ।

 

लामो समयको प्रयास पछि नेता शर्मालाई आफ्नो प्यानलबाट एकल उमेदवार बनाउने सहमति भएको हो ।

 

संस्थापनइतर समूहबाट प्रदेश सभापतिमा शुक्रराज शर्मा, कास्कीका यज्ञबहादुर थापा, देवराज चालिसे, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेलले सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका थिए ।

 

 

पौडेल समूहबाट अगाडि सारिएका शर्माले विगतमा १७ वर्ष कास्की काँग्रेसको सभापति भएर काम गरेका थिए ।

 

सभापतिको टुङ्गो लगाए पनि अन्य पदाधिकारीका उम्मेदवारको टुंगो शुक्रबार बिहानसम्म लगाइने वरिष्ठ नेता पौडेलले बताएका छन् ।

 

पौडेल पक्षको निर्णयसँगै अब प्रदेशमा देउवा प्यानलका जोशी र शर्माबीच प्रतिस्पर्धा हुने भएको छ ।

 



सम्बन्धित
Loading...