कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी


 



 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नजिता आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

 




आज बिहान राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

 

कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको हो । नतिजा आजै सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।

 

परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

 

 

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

 

कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।



सम्बन्धित
Loading...