विद्यालयका समान चोरी गर्ने तिन जना पक्राउ


 



 

कञ्चनपुर – कञ्चनपुर भीमदत्त नगरपालिका–१३ बडैपुरस्थित श्रीशिद्धनाथ माबिको कक्षा कोठा फोडी ल्यापटप, प्रोजेक्टरसहितका सामग्री चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 




गत मंगलबार राति विद्यालयको कार्यालय प्रमुख कक्ष र कम्य्युटर कक्षको ताला तोडी एक थान ल्यापटप, एक थान प्रोजेक्टर, एकथान मनिटर, एकथान ऋएग् लगायतका विभिन्न सर(समान चोरी भएको थियो ।

 

 

प्रहरीले बिहीबार भीमदत्त नगरपालिका-१३ पिपरीयाबाट चोरी भएका सर(समानसहित स्थानीय मोहित ठगुन्ना, महेन्द्र बि.क. र सुभम भट्टलाई पक्राउ गरेको हो ।

 

अवैध सुपारी बरामद

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ बन्धाबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको करिब एक लाख आठ सय रूपैयाँ मूल्यबराबरको करिब एक क्वीन्टल १२ किलो सुपारी बिहीबार बिहान नवलपरासी प्रहरीले बरामद गरेको छ ।

 

सीमा प्रहरीचौकी महेशपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त सुपारी सोही ठाउँमा छोडी फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

 

 

फरार व्यक्तिको तत्काल खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

यसैबीच, गैँडाकोट नगरपालिका–३ भोक्रेफाँटस्थित निर्माणाधीन कालिगण्डकी कोरिडोर सडककिनारमा सोही करिडोरमा काम गर्ने सुर्खेत गुर्बाकोट गाउँपालिका–६ बस्ने २३ वर्षीय विराज ओली बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...