श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु, अटो दुर्घटनामा २ जनाको मृत्यु
झापा / झापाको दमक नगरपालिका १० की ४९ बर्षीया घनादेबी आचार्यलाई आफ्नै श्रीमान ४५ बर्षिय राम कुमार लिम्बुले कुटपिट गर्दा मृत्यु भएको छ ।
मंसिर १६ गते श्रीमानले कुटपिट गर्दा घाईते भएकी घनादेबीलाई बिराटनगरको नोबेल अस्पतामा उपचारको लागि पुर्याएकोमा केही समयको उपचार पछि डाक्टरको सल्लाह अनुसार उपचार हुन नसकी घर फर्किने क्रममा शुक्रबार राति ७ बजे मृत्यु भएको थियो ।
कुटपिटमा संलग्न लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
अटो दुर्घटनामा २ जनाको मृत्यु
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । ४ जना घाइतेमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पुर्व शिक्षक खगेन्द्र पाध्याय र प्रकाश नेपालीकाे घटना स्थलमा मृत्युु भएको उदारमा खटिएका भुपिन्द्र विकले बताए।
सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आज ५ः३० मा दुर्घटनामा परेको हो ।
अटो सडकबाट करिब २०० मिटर तल बूढीगङ्गा नदीको किनारामा परेको जानकारी दिइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । अटो चालक भने फरार रहेको छ ।

