गैडाकोट १६ का वडाध्यक्षद्वारा स्कुललाई कुर्सी वितरण :
गैडाकोट १६ का वडाध्यक्ष द्वारा स्कुललाई कुर्सी वितरण :
गैडाकोट नगरपालीका वडा नं १४ गाहाटाढीमा रहेको श्री विजय आधारभुत विद्यालयलाई वडाध्यक्षले कुर्सी वितरण गरेका छन् ।
गैडाकोट नगरपालिका वडा नं १६ का वडाध्यक्ष गोवर्धन ज्ञावालीले सोहि विद्यालयलाई २२ वटा कुर्सी वितरण गरेका हुन् ।
ज्ञवालीले परिश्रमको भत्ताबाट स्व:सुपुत्री बिस्मिता ज्ञावालीको पुण्य स्मृतिमा कम्यूटर कक्षाको लागी कुर्सी वितरण गरेको बताए ।
सामाजिक कार्य र आफ्नो जिम्मेवारिका बिकास योजनामा कहि कतै नझुक्ने बताउदै उनले यसभन्दा पहिले पनी विद्यालय, आमा समूह लगायत धेरैलाई परिश्रमको भत्ताबाट सामाजीक काममा लगानी गर्ने समेत नगरपालिको पहिलो बोर्ड बैठकमा समेत कुरा उठाएको बताउदै अहिले सोहि क्षेत्रमा सहयोग गरेको बताए ।
वडाध्यक्ष ज्ञावालीले अमर ज्योती मा.वि लाई कम्यूटर सहित कुर्सी, दुर्गा मन्दिरलाई पंखा, बाल उदय मा.विमा १ लाख बराबरको आमा र बुबाको नाममा अफिस कोठा, वडामा भयका १० वटा आमा समुहहरुलाई १०-१० हजार र अरोमा कलेजमा पढ्ने गरीब दुखी विद्यार्थीहरुलाई समेत पढ्नको लागी ५ लाखको अक्षय कोषको सहयोग लगाएत जस्ता धेरै ठाउमा सेवा गर्दै आएका छन् ।
कार्यक्रममा समाजसेवी, बुद्दीजिवी, शिक्षक, शिक्षिका, विद्यार्थीहरुको सहभागीता समेत रहेको थियो ।
