१ लाख ८१ हजार नगद सहित नवलपुरमा ५ जना जुवाडे पक्राउ


१ लाख ८१ हजार नगद सहित नवलपुरमा ५ जना जुवाडे पक्राउ ||



रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले १ लाख ८१ हजार नगद सहित ५ जनालाई तास लेखिरहेकाे अवस्थामा पक्राउ गरेकाे छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली १४ साहारा चाेकमा ४४ बर्षीय सुरेन्द्र श्रेष्ठकाे घर तास खेलिरहेका ५ जनालाई पक्राउ गरेकाे हाे ।

 

उनीहरूलाई बुधबार साँझ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा सुरेन्द्र श्रेष्ठ, देवचुली १४ का ५३ बर्षीय खेमलाल रिजाल, ४३ बर्षीय युवराज न्याैपाने, २० बर्षीय ओमप्रसाद पाैडेल र देवचुली १३ का ६१ बर्षीय कृष्णबहादुर थापा रहेका छन् ।

 

प्रहरीले उनीहरूकाे साथबाट ३ बुक तास र १ लाख ८१ हजार ७ सय पाँच रूपैया नगद बरामद गरेकाे जनाएकाे छ।

 



सम्बन्धित
Loading...