नवलपुरका विभिन्न दुर्घटनामा ५ घाइते
नवलपुर । नवलपुरका विभिन्न स्थानमा भएका दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १ रिठ्ठे पानी भित्री सडक खण्डमा ग १ ज ६६८४ नम्बरको जिप र ना २२ प १६२२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक देवचुली नगरपालिका ७ बस्ने २६ बर्षका अर्जुन विक र मोटरसाइकलमा सवार निजका बुवा ५२ बर्षीय खेम सिंह विक घाइते भएका हुन् । घाइतेहरुको चितवनको सेन्टर अस्पताल भरतपुरमा उपचार भईरहेको छ ।
त्यसैगरी कावासोती १४ स्थित शेरगञ्ज भित्री सडक खण्डमा लु ५ प ७१५७ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय गीता ढुंगानाका ६ बर्षीय छोरा मुगम ढुंगाना घाइते भएका छन् ।
उनको सेन्ट्रल अस्पताल भरतपुरमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।
त्यसैगरी गैडाकोट ८ किसान चोकमा बा ४५ प ५३१३ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिंदा दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार दुर्घटनामा परी साइकल यात्री गैडाकोट ६ निवासी ५० बर्षीय श्यामलाल गुरुङ र मोटरसाइकल चालक गैडाकोट १ निवासी ३२ बर्षीय उमेश ढकाल घाइते भएका हुन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
https://www.youtube.com/watch?v=H1AnAP3ize8
