कावासोतीका २७ टोल बिकास संस्थाका पदाधिकारीलाई अभिमुखीकरण


 



 

नवलपुर,मंसिर२४।




कावासोती वडा १४,१५,१७ मा रहेका २७ टोल बिकास संस्थाका पदाधिकारी लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

 

कावासोती १५ मा रहेको थारु अतिथी गृहको सभाहलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

 

 

कार्यक्रममा वडा नं वडा नं १५ का वडा अध्यक्ष देव नारायण महतोको अध्यक्षतामा टोल बिकास संस्थाका अध्यक्ष तथा सचिवलाई सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा बिशेष अतिथी रहनु भएका वडा नं १७ का वडा अध्यक्षले सिकेका कुरा ब्यावहारमा उतार्न सम्पूर्ण वडा बासी समक्ष पुर्याउन आग्रह गर्नु भयो । घटना दर्तालाई प्राथमिकताका साथ गर्नु पर्ने बताउदै फोहोर व्यावस्थापनको सुरुवात आफैबाट गर्नुपर्न बताउनु भयो ।

 

 

त्यस्तै कार्यक्रमका अध्यक्ष महतोले फोहोर व्यस्थापन लाई थप पहल गर्ने बताउनु भयो ।

 

 

कार्यक्रममा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता बिषयमा कावासोती नगरपालिकाको पञ्जिकरण उपशाखाका रोमबहादुर घर्तीले सहजीकरण गर्नुभएको थियो । यस्तै, टोल बिकास संस्थाको भूमिका र फोहोर ब्यवस्थापन सम्वन्धि विषयमा बातावरणसँग सम्वन्धित संस्था चुज फर चेञ्ज नेपालका प्रशिक्षक राधिका भुसालले सहजीकरण गर्नुभएको थियो

 

तालिममा सहभागी टोल विकास संस्थाका अगुवाहरुले सार्वजनिक स्थानका फोहोर व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान पुराउन आवश्यक रहेको बताए।

 

 

 

तालिम ४ वटा शिर्षक अन्तर्गत रहेर भएको थियो । सामाजिक सुरक्षा, घटना दर्ता, टोलबिकास संस्थाको भूमिका र फोहोर ब्यवस्थापनका बिषय समावेश थिए । २७ वटा टोल बिकास संस्थाबाट करीव ५० सहभागी उपस्थित कार्यक्रमको सञ्चालन सहजीकरण पञ्जिकरण उपशाखाका रामप्रसाद बरालले गर्नुभएको थियो ।



सम्बन्धित
Loading...