कावासोतीमा विश्व शान्ति पुजा सुरु


कावासोतीमा विश्व शान्ति पुजा सुरु||




२५ मंसिर, नवलपुर ।
नवलपुरको कावासोती नगरपालिका ३ शान्तिटोल स्थित कावासोती बौद्ध गुम्वा विहारमा विश्व शान्ति पुजा तथा धर्म देशना शनिबारदेखि सुरु भएको छ ।

 

विश्वका प्राणी जगतको हित रक्षार्थ तथा मृत आत्माहरुको चिर शान्तिका लागि गुम्बाको आयोजनामा शनिबारदेखि पौष २ गते सम्म विश्व शान्ति पुजा तथा धर्म देशना संचालन हुने गुम्वा समितिले जनाएको छ ।

 




७ दिनसम्म संचालन हुने सो विश्व शान्ति पुजामा जिल्ला भित्रका सहित छिमेकी जिल्लाका भक्तजनहरुको उपस्थिति रहने छ ।

 

कार्यक्रम अवधिमा बौद्ध लामा गुरुहरुको उपस्थिति रहने छ । सो पुजा कार्यक्रममा बौद्ध भिक्षु बिशरा भन्ते ज्यूबाट धर्म देशना , प्रसिद्ध बौद्ध भिक्षुहरुबाट बौद्ध प्रवचन , दैनिक पञ्चशिल पुजा, प्रमुख अतिथिहरुबाट मन्तव्यका साथै संस्कार सम्वन्धी धर्म प्रवचन हुने गुम्बाका अध्यक्ष देव वहादुर सारु मगरले जानकारी दिए ।

शनिबार भएको उद्घाटन कार्यक्रममा कावासाेती नगरपालिकाका नगर उपप्रमुख प्रेम शंकर मर्दनियाको प्रमुख आतिथ्यता रहेका थिए ।

 

।।



सम्बन्धित
Loading...