एम्बुलेन्सको ठक्करबाट चितवनमा पैदल यात्रुको मृत्यु




एम्बुलेन्सको ठक्करबाट चितवनमा पैदल यात्रुको मृत्यु भएको छ ।

 

 

प्रहरीका अनुसार भरतपुर महानगरपालिका-१५ मा हिजो बेलुका पौने ७ बजे से १ च ५८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट अन्दाजी ३५ वर्षका पुरुषको मृत्यु भएको हो ।

 




घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजे मृत्यु भएको हो । उनको परिचय खुलेको छैन ।

 

 

एम्बुलेन्सका चालकलाई पक्राउ गरी ठप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

.

 



सम्बन्धित
Loading...