हरपुर आय आर्जनको २४ औ वार्षिक सधारण सभा
रामकरण अम्बेडकर –
परासी । पश्चिम नवलपरासी पाल्हीनन्दन गांउपालीका वडा नं २ मा हरपुर मा∙ वि∙ को प्रांगडमा हरपुर आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि को २४ औ वार्षिक साधारण सभा भएको छ ।
दिनानाथ तिवारीको अध्यक्ष्तामा प्रमुख अतिथि बैजु प्रसाद गुप्ता (दिपक) विशिष्ट अतिथि रामनगिना सिंह अतिथि पत्रकार महांसंघका सदस्य लक्ष्मी हरिजन, ललन यादव श्रीकान्त मिश्रा उपस्थित रहेका थिए ।
सभा संचालक रामु भुसालले गरेका थिए भने स्वागत मन्तब्य उषा गुप्ताले राखेका थिए ।
संस्थामा कुल सेयर सदस्य १७६९ जना मध्ये १००७ जना महिला ७६२ जना पुरुष रहेका छन । त्यस्तै हरपुर आय आर्जन बचत तथा ऋण सहकारीले १६ करोड ५८ लाख ३२ हजार ५ सय ७८ रुपैयाको कुल कारोवार भएको छ ।
जसमा २४ लाख ५० हजार २ सय २३ रुपैया नाफा भएको छ ।अहिले सम्मको कर्मचारी तलब लगायत विविध १ करोड ४३ लाख ४६ हजार ७ सय ९३ रुपैया खर्च भएको छ ।
साधारण सभामा ध्रुवनारायण बानियाले प्रगति प्रतिवेदन सुनाएका थिए भने विश्वनाथ यादव लेखा प्रतिवेदन र धुरुपारायण केवट ऋण प्रतिवेदन सुनाएका थिए ।
सहकारीका सेयर सदस्यहरु कुनै कारण बस मृत्यु पश्चात मृतको काज क्रिया गर्नको लागि मृतकको परिवारलाई सहयोगको रुपमा हरपुर सहकारीले सेयर सदस्यहरुको लागि १२ लाख ५० हजार २ सय ७९ रुपैयाको मृतक कोष खडा गरेको सहकारीका ब्यवस्थापक राम प्रसाद भुसालले बताए ।
यस संस्था स्थापनाको उदेश्य र सिदान्त आफुले आर्जन गरेको आयबाट फजुल खर्च घटाई नियमित रुपमा बचत गर्न उतप्रेरित गर्ने संकलन भएको पुंजि तथा रकमबाट उत्पादनमुल्क तथा आवश्यकता टार्न उचित ब्याजदरमा सरल सुलभ तरिकाले ऋण प्रवाह गरी सदस्यहरुको आर्थिक समाजिक अवस्थालाई सुधार गर्न यस सहकारीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
शनिवार हरपुर आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि∙ को २४औ वार्षिक साधारण सभामा आ∙ व∙ ०७७/०७८ को प्रतिवेदन साथै ०७७/०७८ मा संस्थाले गरेको प्रगति साथै आ ∙व∙ ०७८/०७९ को प्रस्तावित कार्यक्रम सहित प्रतिबेदन पेश गरेको थियो ।
गत वर्षको तुलनामा यस वर्ष संस्थाको आर्थिक तथा भौतिक विकास सन्तोष जनक रहेको र अहिले संस्थाले आफनो खुट्टमा उभिन सफल भएको छ दिनानाथ तिवारीले बताए ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम पाल्हीनन्दन गांउपालीका वडा नं २ हरपुरमा सर्वाङिगण विकास अध्यन केन्द्रको विपन्न वर्गको लागि स्वावलम्बन कार्यक्रम अन्तर्गत उत्प्रेरित भई २०५५ सालमा ३९ जना सदस्यको भेलाबाट रु ५ बचत गर्न सुरु गरी सोहि वर्ष चैत्र महिनामा ७ गते त्तकालिन जिल्ला नवलपरासी सहकारीमा विधिवत रुपमा दर्ता भएको प्रतिवेदनमा लेखिएको छ ।



