एमसीसीको विरोधमा आज चितवन बन्द, बन्द गराउँदै हिड्ने एक जना पक्राउ


 



 

एमसीसी सम्झौता खारेजीको माग गर्दै वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेपाल क्रम्युनिष्ट पार्टी (नेकपा) ले आज चितवन बन्द गरेको छ ।

 




नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (विप्लव), नेकपा (ऋषि कट्टेल), त्रिमुल नेपाल पार्टी, नेकपा मसाल लगायतले बन्द आव्हान गरेको हो ।

 

बन्दको सामान्य प्रभाव परेको छ । सवारीसाधन निर्वाद रुपमा संचालनमा आएका छन् भने शैक्षिक संस्था संचालनमा आउन सकेका छैनन् ।

 

 

विहानै बन्द सफल गराउन भन्दै हिडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

 

एम. सी.सी . खारेज सयुक्त संघर्स समितिले आयोजना गरेको चितवन बन्दको दिन बिहान  क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज घननाथ सापकोटा विकाश लाई प्रहरीले पक्राउ गरेको छ ।
बन्दको पुर्वसन्ध्याको राके जुलुसमा धरपकड गर्दै दमनमा उत्रिएको प्रहरी प्रशासनले सापकोटालाइ मंगलबार बिहानै पक्राउ गरेको हो ।

 

 

 

क्रान्तिकारी माओवादी चितवन सेक्रेटरी अशोक शर्माका अनुसार उनलाई नारायणगढ बजार बाट पक्राउ गरिएको छ । पक्राउको बिरोधमा कार्यक्रम जारी रहने एम सी सी बिरोध आन्दोलन चितवनले जनाएको छ ।

 

 

पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

 

 

चितवनका चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सडकमा बन्दकर्ता देखिएका छैनन् । सडकमा बन्दकर्ता देखिए पक्राउ गर्ने तयारीका साथ सडकमा प्रहरी परिचालन गरिएको छ ।

 

 

एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै चितवन वन्दको आब्हान गरेको हो । १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको दाबी संघर्ष समितिको छ ।

 

 

 

 

वन्द आब्हान कर्तालाई प्रशासनले हिजो साँझ नारायणगढमा मसाल जुलुस समेत निकाल्न दिएन । सो क्रममा उनिहरुले केहीबेर एमसीसीको विरोधमा चर्को नारावाजी गरेका थिए ।

 

 

 

आज संसदको बैठक आब्हान गरिएको छ । आजै एमसीसीको बिषयमा पनि निर्णय गर्ने तयारी सरकारले गरेको छ । संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुस लगायतका कार्यक्रम गरेको छ ।

 

 



सम्बन्धित
Loading...