टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


 



मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, दारिमटारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

 

आज बिहान टिपरको ठक्करबाट चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 




त्यस्तै मोटरसाइकलको पछाडि सवार बागलुङका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् ।

 

 

उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।



सम्बन्धित
Loading...