नवलपुरमा ट्याक्टर पल्टिएर च्यापिँदा बालककाे निधन


नवलपुरमा ट्याक्टर पल्टिएर च्यापिँदा बालककाे निधन ||



 

नवलपुर । पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी गाउँपालिका २ दुम्किबासमा ट्याक्टर पल्टदाँ एक जना बालककाे निधन भएकाे छ।

 

 




ईलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार लु ४ त ४९७० नम्बरकाे ट्याक्टर आफै अनियन्त्रित भई पल्टन पुगेकाे थियाे ।

 

 

ट्याक्टर पल्टँदा ट्याक्टरले च्यापिएर विनयी त्रिवेणी गाउँपालिका २ दुम्किबासका १४ बर्षीय बालककाे विपिन विककाे घटना स्थलमै मृत्यु भएकाे हाे ।

 

बालक ट्याक्टर धनिकै आफन्त नै हाे ।

बालककाे शव पाेष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएकाे छ ।

 

ट्याक्टर र ट्याक्टर चालक ईलाका प्रहरी कार्यालय दुम्किबासकाे नियन्त्रणमा रहेकाे छ ।

।।।।



सम्बन्धित
Loading...