शिव माविको ४८ औं बार्षिकोत्सव, स्वास्थ्य परामर्श केन्द्र स्थापना – फोटो फिचर सहित


 



  • अर्जुन अविरल –

कावासोती । कावासोतीमा वडा नं. २ मा रहेको शिव नमुना माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव बुधबार भएको छ ।

 

 




बार्षिकोत्सवको अवसरमा स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार कक्षको उद्घाटन पनि गरिएको छ ।

 

 

कार्यक्रममा विशेष अतिथि रहेका भरतपुर अस्पतालका अध्यक्ष भोजराज अधिकारीले प्राथमिक उपचार कक्षको उद्घाटन गरेका हुन् ।

 

 

कुनै पनि विद्यार्थी विरामी पर्दा वा सामान्य दुर्घटना पर्दा प्राथमिक उपचार कक्षमा उपचार गरिने बताईएको छ ।

 

 

विभिन्न तहका विभिन्न विद्यार्थीको सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।

 

 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कावासोती नगरपालिकाका प्रमुख चन्द्रा कुमारी पुन रहनु भएको थियो ।

 

 

फोटो फिचर

 

 

 

 

 



सम्बन्धित
Loading...