नवलपुर खाना महोत्सवको प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने


 



 

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा पुस ८ गतेदेखि शुरु हुने वृहत प्रथम नवलपुर खाना, पर्यटन, संस्कृत तथा व्यापरिक महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् ।

 

 




नवलपुर होटल व्यवसायी संघको आयोजनामा हुन लागेको नवलपुर खाना महोत्सव पुस ८ गतेदेखि १७ गतेसम्म हुने छ ।

 

 

 

महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको नवलपुर होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष रानाले बताए ।

 

 

महोत्सवमा नवलपुरमा रहेका जनजातिहरुको खानाका साथै प्याराग्लाइडिङ्ग, जंगल सफारी, नारायणी नदीमा डुंगा सफारी लगायतको रहने छ ।

 

 

महोत्सवको प्रचारप्रसार तीव्र

 

कावासोती ८ टुबोर्ग खेल मैदानमा हुने महोत्सवको प्रचारप्रसार तिव्र पारिएको छ । महोत्सवको प्रचारप्रसारका लागि स्थानीय सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नेदेखि माइकिङ्ग, व्यानर, स्वागत गेट निर्माण तयार गरिएको छ ।

 

यसैबीच महोत्सव स्थलमा स्टलहरु समेत निर्माण शुरु गरिएको छ । महोत्सवमा १ सय देखि २ सयको बीचमा स्टलहरु रहने आयोजकले जनाएको छ ।

 

 

प्याराग्लाडिङ्ग महोत्सवको आकर्षक

 

 

पोखरा पुगेर प्याराग्लाइडिङ्ग गर्न नपाएको आन्तरिक पर्यटकहरुका लागि कावासोतीको खाना महोत्सवमै प्याराग्लाइडिङ्ग गर्न पाइने भएको छ ।

 

 

कावासोतीको बालुवा डाँडादेखि हात्तीखोरसम्म करिब २५ मिनेट प्याराग्लाडिङ्ग गरिने छ । त्यसका लागि सम्बन्धित निकायबाट अनुमति समेत लिईरहेको आयोजकले जनाएको छ ।

 

 

 

दैनिक १० देखि ३५ वटासम्म प्लाइट गर्न सकिने गरी तयारी भएको र त्यसका लागि ५ जना पाइलट समेत निश्चित गरिएको आयोजकले जनाएको छ ।

 

 

त्यसैगरी महोत्सवमा महोत्सव स्थलदेखि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती स्थलसम्म जंगल सफारी पनि गर्न पाइने भएको छ भने नारायणी नदीमा डुंगा सफारीको पनि मजा लिन सकिने भएको छ ।

 

 

त्यसैगरी महोत्सवमा बालउद्यान देखि प्यारिक स्टलहरु समेत रहने छन् भने महानायक राजेश हमाल, गायिका ज्योति मगर लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।

 

 

 

 

 

 



सम्बन्धित
Loading...