नवलपुरमा ट्रकको ठक्करबाट बर्दघाटकी महिलाको निधन
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको गैडाकोट नगरपालिका १० सिस्नेहा भन्ने स्थानमा पूर्वबाट पश्चिम आउँदै गरेको ग १ प ४९७१ नम्बरको स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको ना ४ ख ६४४७ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
स्कुटी आफै अनियन्त्रित भई पल्टिएपछि सोही दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको हो ।
बर्दघाट २ निवासी ३४ बर्षीया गंगा जोशी चितवनमा उपचारको क्रममा निधन भएको हो ।
त्यसैगरी दुर्घटनामा परी स्कुटी चालक बर्दघाट २ निवासी ३२ बर्षीया शोभा जोशी गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।


