क्रान्तिकारी पत्रकार महासंघको बिशेष राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा
नवलपरासी : जनपक्षीय एंव क्रान्तिकारी पत्रकारहरुको साझा संगठन क्रान्तिकारी पत्रकार महासंघको बिशेष राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
पश्चिम नवलपरासीको बर्दघाटमा पौष ४ गतेआइतवार बिहान ११ बजे उद्घाटन हुने भेलाको अन्तिम तयारी पुरा भएको महासंघ केन्द्रीय समितिले जनाएको छ ।
भेलामा देशैभरबाट १ सय ५० प्रतिनिधि पर्यबेक्षकहरु आउने महासचिव रामकुमार श्रेष्ठले बताउनुभयो ।
महासंघ केन्द्रीय कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेयका अनुसार भेलाका लागि पाहुनाहरु आउने क्रम जारी छ ।
हल ब्यवस्थापनदेखि प्रचार प्रसार सम्मका काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
=
