पश्चिम नवलपररासीमा फरक फरक मुद्दामा २४ जना फरार अभियुक्त पक्राउ


 



 

 

रामकरण अम्बेडकर –

 




परासी । पश्चिम नवलपररासीमा फरक फरक मुद्दामा बिभिन्न मितीमा फैसला भई सजाय तथा जरिवाना भएका २४ जना फरार रहेका अपराधीहरु लाई आईतवार प्रहरीले  पक्राउ गरेको छ ।

 

 

नवलपरासी जिल्ला अदालतबाट बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान नगरेका लागु औषध मुद्धाका १ जना, सवारी ज्यान मुद्धाका  २ जना, कुटपिट मुद्धाका १७ जना, चोरी मुद्धाका २ जना, जाल साजी मुद्धाका १ जना र केहि सार्वजनिक अपराध मुद्धाका १ जना फरार अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट  पक्राउ गरेको प्रहरी नायब उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।

 

 

शाहीका अनुसार  पक्राउ पर्नेमा लामो समय २१ बर्ष देखि फरार रहेका  साथै अधिकतम ६ महिनासम्म कैद तथा २० हजार जरिवाना सम्म तोकिएका अभियुक्त पनि छन् ।

 

 

नवलपरासी जिल्ला अदालतको लगत अनुसार  पक्राउ परेका २४ जना अभियुक्तहरुको जम्मा सजाय १ बर्ष ५ महिना ३० दिन कैद र ५१ हजार ९ सय ५५ रुपैयाँ जरिवाना रहेको छ ।

 

 

पक्राउ गरिएका सबै २४ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि पुस ४ गते नवलपरासी जिल्ला अदालतमा पेश गरिएको  रअदालतको लगत अनुसारको कारबाही भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारीले बताए ।

 

 

 



सम्बन्धित
Loading...