एमसीसीका विषयमा तटस्थ बस्छौं – राप्रपा उपाध्यक्ष प्रधान


 



 

 

हरि शर्मा –

 




परासी, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष धु्रबबहादुर प्रधानले एमसीसीका विषय आफ्नो पार्टी तटस्थ बस्ने बताएका छन् ।

 

उपाध्यक्षमा निर्वाचित भएपछि गृह जिल्ला पश्चिम नवलपरासी पुगेका प्रधानले सोमबार परासीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमसीसीका विषयमा मतदान हुने अवस्था आए आफूहरु तटस्थ बस्ने बताएका हुन् ।

 

विश्वका दुई शक्ति राष्ट्रहरु अमेरिका र चीनकाबीच द्धन्द्ध बढिरहेको अवस्थामा एमसीसीलाई सहयोगका रुपमा मात्र लिन नहुने उनको भनाई छ । उनले वर्तमान सरकारले एमसीसीका विषयमा जनतालाई प्रष्ट पार्दै अगाडी बढ्नु पर्नेमा जोड दिए ।

 

नयाँ आएको नेतृत्वले पनि राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्रको पुरानै ऐजेण्डालाई अघि सारेर जनता माझ जाने उनले दोह¥याए ।

 

 

महाधिवेशनपछिको परिणामले पार्टी फुट्ने आशंका गरेपनि त्यो संभव नरहेको उनले प्रष्टाए ।

 

 

 

 



सम्बन्धित
Loading...