पश्चिम नवलपरासीमा २१ जना फरार अभियुक्त पक्राउ


 



 

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले सोमबार एकैदिन विभिन्न मुद्दामा फरार रहेका २१ जना अभियुक्त पक्राउ गरेको छ ।

 

 




नवलपरासी जिल्ला अदालतबाट २०५७ सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिएका बाली विगो मुद्दाका तीन जना, कुटपिट मुद्दाका चार जना, लुटपिट मुद्दाका एक जना, अंशवण्डा मुद्दाका तीन जना, गाली बेइज्जति मुद्दाका पाँच जना, जालसाँझी मुद्दाका तीन जना, वन मुद्दाका एक जना र विविध मुद्दाका एक जना गरी जम्मा २१ जना फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

प्रहरीले रामग्राम नगरपालिकाबाट तीन जना, सरावल गाउँपालिकाबाट नौ जना, बर्दघाट नगरपालिकाबाट सात जना, प्रतापपुर गाउँपालिकाबाट एक जना र सुस्ता गाउँपालिकाबाट एक जनालाई पक्राउ गरेको जनाएको छ ।

 

 

पक्राउ गरिएका २१ जना फरार अभियुक्तहरुलाई आवश्यक कारबाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

 

 

एक हप्ताभित्रमा विभिन्न मुद्दाका ५८ जना फरार अभियुक्त विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रेमबहादुर शाहीले बताए ।

 

 

पश्चिम नवलपररासीमा फरक फरक मुद्दामा २४ जना फरार अभियुक्त पक्राउ

 

 

 



सम्बन्धित
Loading...