क्रान्तिकारी माओवादीकाे पश्चिम नवलपरासीमा एसीसी विरूद्ध

नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जमुनियामा कोण सभा गरेर एमसीसीको बिरोध गरेको छ ।
मंगलबार आयोजित कोण सभामा बोल्दै अखिल नेपाल राष्ट्रिय शिक्षक सङगठनका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश संयोजक क्षेत्र बहादुर थापाले राष्ट्रघाती एमसीसी संसदबाट पास गर्ने जनप्रतिनिधि जनताले गाउगाउबाट लखेट्ने चेतावनी दिए ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका महासचिव रवि पान्डेयले एमसीसी सम्झौताले नेपालको संविधान भन्दा हुने प्रावधानले यसमा राष्ट्रघात रहेको उल्लेख गरे ।
कार्यक्रममा क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी छबिलाल खरेलले राष्ट्रघाती एमसीसी खारेजीको आन्दोलन गाउँ गाउबाट उठेर दलालहरुका विरुद्ध लाग्नु पर्ने बताए ।
त्यस्तै देशभक्त जनगणतन्त्रिक मोर्चाका जिल्ला संयोजक चुडामणि भन्डारीले अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवाट राष्ट्रलाई स्वाधीन बनाउन राष्ट्रघाति जनघाती सन्धी सम्झौता खारेज गर्नुपर्नेकाे विकल्प नरहेकाे बताए ।
कार्यक्रममा कोणसभा अघि एमसीसीको विरुद्ध नाराबाजी गरिएको थियो ।