नवलपरासीमा सवारी दुर्घटनामा दुई जना घाइते


 



नवलपुर । पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

 

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ गिरुवारीको भित्री सडक खण्डमा ना २१ प १४३० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।

 




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी हुप्सेकोट ३ निवासी मोटरसाइकल चालक २१ बर्षीय पूर्णप्रकाश विक र मोटरसाइकलमा सवार हुप्सेकोट २ निवासी २० बर्षीय ओम मगर घाइते भएका हुन् ।

 

घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था मध्यम रहेको नवलपुर प्रहरीले जनाएको छ ।

 

 

 



सम्बन्धित
Loading...