सरस्वती मा विमा विद्यार्थी माझ चुनावकाे सिकाई
सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय, गिरूवारीमा रुपान्तरण र युवा प्रा.लि.को समन्वयमा स्कुल कप्तान र सह कप्तानको निर्वाचनकाे भएकाे छ ।
कक्षा ६ देखि १२ सम्मका ३२३ जना विद्यार्थीहरुले मतदान गरेको उक्त निर्वाचनमा स्कुल कप्तान मा कक्षा १० मा अध्यनरत छात्र कृष्ण बहादुर ढेंगा मगरले २०५ मत पाएर स्कुल कप्तानमा विजयी भएका छन भने उनिसङ्ग स्कुल कप्तानकै प्रतिस्पर्धामा रहेका कक्षा ९ का छात्र रसिक भण्डारीले ९४ मत र कक्षा ९ कै छात्रा जुनु कंडेलले २४ मत पाएका छन् ।
त्यसै गरि सहकप्तानमा कक्षा १० का छात्रा गुमिसरा रजालीले २०३ मत पाएर विजयी भएकी छन् भने उनीसँग प्रतिस्पर्धामा रहेका कक्षा ९ कि छात्रा ज्ञानु अधिकारीले ९८ मत , कक्षा ६ कि छात्रा शुशिला तिवारीले ६ मत, कक्षा ८ कि छात्रा अनुजा पाण्डेले ६ मत , कक्षा ९ का छात्र रोहित सुनारीले १२ मत र कक्षा ९ कि छात्रा एन्जिला वि.कले ३० मत प्राप्त गरेकी छिन् ।

रुपान्तरण र युवा प्रा.लि.ले समन्वय गरेको उक्त निर्वाचनको निर्वाचन मण्डलको संयोजकत्व साेही विद्यालयका गणित शिक्षक दिपराज रेग्मीले गर्नु भएको थियो।





