नवलपरासीमा इट्टा उद्योगको पोखरीमा डुबेर बालिकाको निधन

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा आइतबार इट्टा उद्योगको पोखरीमा डुबेर एक जना २ बर्षीया बालिकाको निधन भएको छ ।
नवलपुर प्रहरीका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १ मा रहेको नवलपुर इट्टा उद्योगमा काम गर्ने मजदुरकी २ बर्षीया बालिकाको निधन भएको हो ।

कैलाली जिल्लाको जोसीपुर घर भई हाल उक्त इट्टा भट्टामा काम गर्ने सुरज चौधरीकी २ बर्षीया छोरी जेनिसा चौधरीको निधन भएको हो ।
पोखरीमा डुबी बेहोस अवस्थामा उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएकोमा आइतबार दिउँसो उनको निधन भएको थियो ।
https://www.youtube.com/watch?v=uvx4d8LbCK0&t=431s
