गैंडाकोटमा पशु दाना उद्योग स्थापना हुने

गैंडाकोटमा पशु दाना उद्योग स्थापना हुने भएको छ । गैंडाकोट नगरपालिका वडानम्वर ११ को मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले दाना उद्योगको शिलान्यास गरेको हो ।
दाना उद्योग स्थापना हुने भएसगै अब दानाका लागि अन्यत्र धाउनुपर्ने समस्याको अन्त्य हुने भएको छ ।
उद्योग शिलान्यास वडाअध्यक्ष गोविन्द सुवेदीले गर्नुभएको हो ।

सहकारीले आफ्नो उप आयोजनामा राखेर मुकुन्दसेन दाना उद्योग स्थापना गर्ने जनाएको छ ।
नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना र विकेन्द्रित आयोजना सहयोग इकाई पोखरा, कास्कीको आर्थिक सहयोग साझेदारीमा उद्योग बन्नेछ।
वल्ड बैकको समेत सहयोग रहने मुकुन्दसेन दाना उद्योगले प्रतिवर्ष १८२५० क्वीन्टल गुणस्तरिय पशुआहार दाना उत्पादन गर्नेछ । नविनतम प्रविधिको प्रयोग गरि दाना उद्योग संचालन गरिने र कुल ८३१ जना पुरुष ५८२ जना महिला २४५ संख्यामा लाभान्वित हुने लक्ष्य राखिएको छ।

१ करोड ९४ लाख ८५ हजार २६४ रुपैया लागतमा उक्त उद्योग निर्माण हुनेछ। जसमा ९७ लाख ३६ हजार १७९ अनुदान सहयोग प्राप्त हुने सहकारीले जनाएको छ।
२०७९ साल मंसिर १३ गते उद्योग निर्माणकार्य सम्पन्न हुनेछ।
https://www.youtube.com/watch?v=3f8NQ2xICJ8