प्रहरीद्वारा पश्चिम नवलपरासीमा ६ महिनाको अवधीमा ५ करोड १८ लाख ८३ हजार बराबरको राजश्व दाखिला


 



परासी । पश्चिम नवलपरासी प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा ५ करोड १८ लाख ८३ हजार बराबरको राजश्व दाखिला गरेको छ ।

 

 




भारतबाट भन्सार छलि ल्याएका हरियो केराउ, विभिन्न किराना सामान, हार्डवेयर सामान, लत्ता कपडा आदि बरामद गरी नेपाल सरकारलाई ५ करोड १८ लाख ८३ हजार बराबरको राजश्व दाखिला गरेका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

 

 

गत असाउ १३ गते देखि पुस ११ गते सम्म ६ महिनाको अवधिमा) प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट यस अवधिमा ४ करोड ७० लाख ३९ हजार ९४ मुल्य बराबरको भन्सार छली बिभिन्न अवैध मालसामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार तथा राजश्व अनुसन्धान कार्यालयमा बुझाईएको छ ।

 

 

त्यसैगरी यस अवधीमा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ३९ वटा ट्याक्टर, २ वटा जेसिबीसमेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाईएको जसबाट ६ लाख ९८ हजार ४ सय ७३ मुल्य बराबर राजश्व दाखिला भएको शाहीले बताए ।

 

 

त्यसैगरी पछिल्लो ६ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ३५ लाख ९० हजार श्रोत नखुलेको रकम सहित ४ जना व्यक्तीलाई पक्राउ गरी कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल बुझाईएको छ ।

 

 

त्यसैगरी जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट ५ लाख ५५ हजार ५ सय ३३ मुल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको छ ।

 

 

 

 



सम्बन्धित
Loading...