संसदको अवरोध हटाएर नागरिक विधेयक पास गर्न यादवको आग्रह




हरि शर्मा –

परासी, १३ पुस । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको अवरोध हटाएर नागरिकता विधेयक पास गर्न एमालेलाई आग्रह गरेका छन् ।

 




पार्टीको जिल्ला समिति पश्चिम नवलपरासीले मंगलबार परासीमा आयोजना गरेका जनसभालाई सम्बोधन गर्न पुगेका यादवले नागरिकता विधेयक पास गर्नलाई भएपनि संसदको अवरोध हटाउन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् ।

 

संसदमा पेश भएको नागरिकता विधेयक पास हुन नसक्दा जन्मसिद्ध नागरिकका सन्ततीले नागरिकता पाउन नसकेको र मतदाता नामावलीमा समावेश हुन नसकेको उनले बताए ।

 

 

जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकहरुको समेत मतदाता नामावलीमा नाम समावेश नगरेको भन्दै उनले आक्रोश पोखे ।

 

विगतको ओली सरकारले गरेको गल्ती अहिलेको गठबन्धन सरकारले व्यहोर्नु परेको भन्दै त्यसलाई क्रमशः सुधार्दै लैजाने बताए ।

 

 

राजनीति अस्थिरता र भ्रष्टचार हटाउन संसदिय प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको उनले औलाए ।

 

 

https://www.youtube.com/watch?v=3f8NQ2xICJ8

 

पार्टी अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय सदस्यहरु र जिल्ला नेताहरुले पनि सम्बोधन गरेका थिए ।

 

 

 



सम्बन्धित
Loading...