रौतहटको जन्ती बोकेको कार दुर्घटनामा, पाँच जनाको निधन


 



रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ।  मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत भएको छ ।

 

मंगलबार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय कार गरुडामा दुर्घटना भएको थियो ।

 




दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको गढिमाइ नगरपालिका–३ का १६ वर्षका शेख नैवसाद, २२ वर्षका शेख सैनुल्हा, ५५ वर्षका मोसाफिर अन्सारी र २५ वर्षका शेख छोटु रहेका छन् । अर्का मृतकको भने सनाखत भइ नसकेको प्रहरीले जानकारी दिएको छ ।

 

इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीका अनुसार कारमा सवार ८ जनामध्‍ये तीनजना घाइते भएका छन् ।

 

उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

 

 

 

 

तस्वीरहरु सामाजिक सञ्जालबाट

 

https://www.youtube.com/watch?v=SETTBNbogeo&t=15s

 



सम्बन्धित
Loading...