प्रगतिनगर खानेपानीमा गठबन्धनले सार्वजनिक गर्यो उम्मेदवार

खगेन्द्र पराजुली,
नवलपुर, पुस १३ । देवचुलीको प्रगतिनगरमा सेवा क्षेत्र रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्य समिति चयनका लागि प्रजातान्त्रिक तथा प्रगतिशील बाम गठबन्धनले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।
नेपाली काँग्रेसको नेतृत्वमा प्रजातान्त्रिक पक्षधर र माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतको प्रगतिशील संयुक्त गठबन्धनले नारायण प्रसाद पौडेलको अध्यक्षतामा उम्मेदवार बनाउने घोषणा गरेको छ ।

दलदलेको सहारा पार्टी प्यालेसमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उम्मेदवारी सार्वजनिक तथा उम्मेदवारले प्रतिवद्धता ब्यक्त गरेका छन् ।
गठबन्धनले खानेपानी संस्थाको सचिवमा ईन्द्रमणी भुसाललाई अघि सारेको छ भने लेखा समिति संयोजकमा लिलाधर अधिकारीलाई उम्मेदवार बनाएको छ ।
लेखा सदस्यमा शंकरबहादुर नेपाली र लेखामै महिला सदस्यमा सरस्वती चापागाईलाई उम्मेदवार बनाउने टुंगो लगाएको छ ।

९ वटा ब्लक कायम हुने साविक प्रगतिनगर गाविसका ९ वटा वडा भूगोलको सदस्यमा क्रमश १ मा लक्ष्मी तिवारी, २ मा रमा भट्ट, दवाडी, ३ मा नन्दुलाल धिताल, ४ मा दुर्गाकुमारी रेग्मी, ५ मा सागर भण्डारी, ६ मा ओमप्रसाद सारु, ७ मा कृष्णा ढकाल, ८ मा रामबहादुर गुरुङ र ९ मा जसबहादुर लुङ्गेलीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।
गठबन्धनले “संयुक्त गठबन्धन आजको आवश्यकता, द्रुत सेवा सहितको निरन्तर स्वच्छ सफा पानी हाम्रो साझा प्रतिवद्धता” भन्ने स्लोगन उद्घोष गरेको छ ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादको प्रगतिशील बिचारधारामा आस्थावान संयुक्त गठबन्धन समूहका रुपमा उम्मेदवार घोषणा गरिएको गठबन्धन समूहले जनाएको छ ।


https://www.youtube.com/watch?v=SETTBNbogeo