कावासोती नगरपालिका ५५ कर्मचारी, कार्यालय रित्तै, भेटिदैनन् कर्मचारी


 



नवलपुर । पूर्वी नवलपूरको जिल्ला सदरमुकाम कावासोती नगरपालिकाका कर्मचारी कार्यालय समयमा बस्दैनन । यस्ले सेवाग्राही मर्कामा परेका छन ।

 

सेवाग्राहीको गुनासो पछि मंगलवार बिहान १०:३० बजे संचारकर्मीको टोलि पुग्दा नगरपालिकाको कुनै कोठामा पनि कर्मचारी भेटिएनन । प्रमुख सबै प्रशासकीय अधिकृतको कार्यकक्षदेखि सबै कोठा रित्तै छन ।

 




मंगलवार बिहान १० बजेदेखि १२ बजेको समयमा नगरपालिकाका प्रशासन प्रमुख मुक्ती बस्याल बाहेक कोहिपनि कार्यकक्षमा भेटिएनन ।

 

 

यहा यस्तै हो आउदै हुनुहुन्छ होला प्रशासन प्रमुख मुक्ती बस्यालले भने आउने जाने भैरहन्छ । कर्मचारीहरु हुनै पर्ने हो खै कता कता गएछन उनले भने ।

 

प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तिले आफु गत सोमवारवाट आउदो शुक्रवार सम्म बिदा लिएर बाग्लुङ तिर रहेको जानकारी दिए ।

 

प्रशासन प्रमुख मुक्ति बस्यालले हाजिरी गर्ने र फुत्त फुत्त निस्कने चलनले समस्या भएको जानकारी दिए । कर्मचारीलाई जति भनेपनि नटेरेको भन्न परयो उनले भने ।

 

जिल्ला सदरमुकाममा रहेको कावासोती नगरपालिकाको कार्यालयमा ४३ वटा कोठा छन । ५५ जना कर्मचारी छन । कार्यालय समयमा कर्मचारी नबस्दा सेवाग्राहि मर्कामा परेका छन ।

 

 

कावासोती नगरपालिका वडा नम्बर ३ वाट सिफारीस लिन आएका बिष्णु काफलेले आफु तिनदिनदेखि आउदा समेत काम नभएको गुनासो गरे । उनी नक्सापासका लागि आएको सुनाए ।

 

सेवाग्राहीको भिडभाड भएपनि कर्मचारी नहुदा सेवाग्राहि मर्कामा परेका छन । मंगलवार नगरपालिकामा सेवा लिन आएका १६ जना सेवाग्राहि कर्मचारी कोठामा नभेटिएको भन्दै सोधपुछ गर्दै थिए ।

 

प्रशासन प्रमुख मुक्ती बस्याल भन्छन् – केहि बिदामा कोहि काजमा छन । आधुनिक हाजिरी सिस्टम नभएका कारण यो समस्या भएको हो ।

 

हाजिर गर्ने र फुत्त फुत्त निस्कने गर्छन । मंगलवार दिउसो १२ बजेसम्मबस्यालको कार्यकक्षमा बाहेक अन्य कुनै कोठामा पनि कर्मचारी भेटिएनन ।

 

 

पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पंज्ञेनीले भनिन् – नगरपालिका आफै स्थानीय सरकार भएका कारण हामीले कर्मचारीको छडके जांच नगरेकका हौ अरु कार्यालयमा अनुममन गछौ । अब कावासोती नगरपालिकामा पनि कार्यालय समयमा कर्मचारी बसे नबसेको अनुगमन र छडके गर्छौ प्रमुख जिल्ला अधिकारीले भनिन ।

 

कर्मचारी कार्यालय समयमा कोठामा नभेटिनु राम्रो भएन उनले भनिन । मेयर र उपमेयर कार्यक्रममा गएको र चाडौ आउने जानकारी नगरपालिकाले दियो ।

 

म एउटा कार्यक्रममा छु अब आइहाल्छु उपमेयर प्रमेशकर मर्दनियाले भने अब आधा घण्टामा म कार्यालय पुग्छु ।

 

https://www.youtube.com/watch?v=SETTBNbogeo&t=761s

 



सम्बन्धित
Loading...