नवलपुरका विभिन्न विद्यालयहरुमा सहयोग




नवलपुर, पुस १३ ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. ६ का बिद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालयमा खेलकुदका सामग्री वितरण गरिएको छ ।

 




आज मंगलवार हुप्सेकोट माविमा आयोजित एक कार्यक्रमकाबीच वडाभित्रका १२ वटा बिद्यालयका बिद्यार्थी र बिद्यालयलाई ति सामग्री वितरण गरिएको हो ।

 

 

प्रदेश सांसद विष्णुप्रसाद लामिछानेको संसद बिकास कोषको आर्थिक बर्ष २०७७–०७८ को विनियोजित रकमबाट सामग्री बितरण गरिएको हो ।

 

हुप्सेकोट गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष थामबहादुर सोमैको अध्यक्षतामा भएको सामग्री वितरण कार्यक्रमा प्रमुख अतिथिका रुपमा प्रदेश सांसद एवम् नेकपा काँग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु प्रसाद लामिछाने रहेका थिए ।

 

प्रदेश सांसद लामिछानेले विकास निर्माण तथा शैक्षिक उन्नयनका बिषय राजनैतिक एजेण्डा भन्दा माथी हुने भएकाले यस्ता विषयमा सवै राजनैतिक दल र समुदाय एकैठाउँमा रहेर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले सवै बालवालिकालाई शिक्षाको समान पहुँचमा पुर्याउनु आजको आवश्यकता र जिम्मेवारी पनि भएकाले गण्डकी प्रदेश सरकार यस विषयमा सकारात्मक रहेको बताए ।

 

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय सचिव गोपाल बस्ताकोटी, हुप्सेकोट नेका सभापति बलबहादुर राना वडा नं. ५ का वडासदस्यहरु, नेकपा एमालेका वडा प्रतिनिधि यमबहादुर सोती, दानबहादुर राना, अन्य पार्टीका प्रतिनिधि लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७ लाख रुपैंया बराबरको शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको जनाईएको छ ।

त्यसैगरी भु.पु विद्यार्थी मन्चको पहलमा पिठौली आधारभुत विद्यालयलाई ३ लाख ७० हजार बराबरको आईसिटी सामाग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

 

भु.पु विद्यार्थी मन्चको सक्रियतामा चन्दा सहयोग संकलन गरि ५ थान डेस्कटप कम्प्युटर, १ थान ल्यापटप र १ थान प्रोजेक्टर एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको पिठौली आधारभुत विद्यालयका पूर्व विद्यार्थी निराजन राज शर्माले बताए ।

 

 

शर्माका अनुसार दोस्रो चरणमा विद्यालयमा सुविधा युक्त खानेपानी फिल्टर जडान, सिसि क्यामेरा र स्मार्ट टिभी जडान र विद्यालयको प्रवेश द्वार निर्माण गरिने छ ।

 

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रीतादेवी थनेतको अध्यक्षता एवं समाजसेवी व्यक्तित्व तारानाथ लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

त्यसैगरी देवचुली नगरपालिका वडा नं. १५ प्रगतिनगर सालघारीस्थित नारायणी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री अन्तर्गत झोला वितरण गरिएको छ ।

 

 

अति विपन्न परिवारका बालवालिका अध्ययन गर्ने नारायणी आधारभूत विद्यालयका ९३ विद्यार्थीलाई किताव राख्ने झोला वितरण गरिएको हो ।

 

प्रगतिनगरको नव प्रगति युवा क्लवको आयोजनामा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विद्यार्थीका लागि झोला वितरण गरिएको क्लवका अध्यक्ष सुरजकान्त सुवेदीले जानकारी दि ए ।

 

क्लवले संयोजन गरेको सामग्री सौजन्य काठमाण्डौ निवासी शान्तिमाया कार्कीले गर्नुभएको सुवेदीले बताउए ।

 

 

देवचुली नगरपालिका कार्यपालिका सदस्य माया सुवेदीको प्रमुख आतिथ्यतामा भएको सामग्री वितरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष भूपति रानाभाट, विद्यालयका सल्लाकार संयोजक श्याम शर्मा भुसाल लगायतले शैक्षिक गुणस्तर सुधार लगायत बालबालिकालाई शिक्षाप्रति रुची जगाउने खालका शैक्षिक स्तरबृद्धिका विषयमा सवैले सामाजिक उत्रदायित्व निर्वाह गर्दै हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रमको सहजीकरण नव प्रगति युवा क्लबका सचिव नेत्रमाया पौडेलले गरेकी थिईन् ।

 

 

https://www.youtube.com/watch?v=SETTBNbogeo&t=768s



सम्बन्धित
Loading...