काठमाडौँको नयाँ बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ


 



काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना युवतीलाई सामूहिक बलात्कार गरेका छन् ।

 

बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए ।

 




पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए ।

 

उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाए ।

 

सो रात दुईजनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेका थिए ।

 

https://www.youtube.com/watch?v=nomgIZDsZiI



सम्बन्धित
Loading...